Friday, June 27, 2025

२०८२ असार १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित


नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित

काठमाडौं, वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाउने १४ वटा संस्था निलम्बनमा परेका छन्। वैदेशिक रोजगार विभागको सोमबार बसेको बैठकले उजुरीका आधारमा ती संस्थालाई निलम्बन गरेको हो। निलम्बनमा परेका ती संस्थाहरूलाई अनुसन्धान गर्ने विभागले बताएको छ।ती संस्थाहरुले जापानिज भाषा र संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको विभागमा उजुरी परेको थियो। त्यस्तै, श्रम स्वीकृति लिएका नेपाली कामदारलाई जापान समेत पठाइसकिएको विभागले बताएको छ।विभागमा परेको उजुरीका आधारमा छानबिन गरिएको थियो। विभागको प्रारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान गरिने विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।

निलम्बनमा पर्ने संस्थाहरूमध्ये गुडविल लाइफ इन्टरनेसनल इन्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेसनल नेपालओभरसिज, रोयल ओभरसिज, जब्स ग्लोबल डटकम इम्पोइमेन्ट, लायन्स इन्टरनेसनल नेपाल, भण्डारी ओरभसिज, वल्ड फेवर ओभरसिज, एनएपी इन्टरनेसनल, मन्जुश्री ओभरसिज, एएनएफ एसोसिएट, क्यापिटल इन्टरनेसल म्यानपावर, ग्यान्ड स्विट जब र अक्सन इनटरनेसललाई निलम्बन गरेको छ।नक्कली कागजपत्र बनाएर नेपाली कामदार ठगिएको यो भने पहिलो घटना होइन । यसअघि पनि विभागको नक्कली लेटरप्याड बनाई कोरियामा रोजगारीका लागि आवेदन खुलाइएको सूचनासमेत जारी भएको थियो। तर, विभागले यस खालका गलत सूचनाको भ्रममा नपर्न र कुनै पनि कुराको भेरिफाई गर्न सबैमा आग्रह गरेको थियो ।