हेटौँडा—काठमाडौँ सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । गएराति परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो । बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक सुचारु गर्ने कार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ । तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।