Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा कोरला नाका खुलाउने सम्झौता हुन सक्ने


प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा कोरला नाका खुलाउने सम्झौता हुन सक्ने

काठमाडौं, असोज ५। मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले बताएको छ।मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ।

तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् ।यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ। मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो।

नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयद्वारा सरकारलाई जानकारी गराएको र त्यसै अनुरूप नेपालले तयारी थालेको छ ।