Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

११ किलो सुनसहित तीन जना पक्राउ


११ किलो सुनसहित तीन जना पक्राउ

एजेन्सी । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।

उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ । अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो ।