Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत

कठमाडौं, भदौ ३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता आइपीओ सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूमा वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसाको मूल्य रेञ्ज पाएको छ। यही रेञ्जका आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मुल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत केबिएसएच रहेको छ। कम्पनीले सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनएमबी क्यापिटल नक्साल, काठमाडौंबाट हुने समेत बताएको छ।