काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा दिइरहेका ७३ आईएसपीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरण बुधबार एक सूचनामार्फत् केही वर्षदेखि सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने लेखा अडिट रिपोर्ट, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम १५ दिनभित्र बुझाउन भनेको छ । रोयल्टी र आरटीडीएफ नतिर्ने आईएसपी सूचीमा ब्रोड ब्याण्ड, क्लासिक टेक, ब्रोडलिंक, वाइफाई नेपाल, मर्कन्टाइल कम्युनिकेसन, शिखर नेटलगायत छन् । पटक—पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै १५ दिनभित्र विवरण र बक्यौता रकम दाखिला नगरे दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
७३ आईएसपीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम बुझाउन ताकेता