Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

केन्द्रीय सत्ता समिकरणमा फेरबदलको संकेत, जसपाबाट उपप्रधानमन्त्री बनेका यादवद्वारा राजीनामा


केन्द्रीय सत्ता समिकरणमा फेरबदलको संकेत, जसपाबाट उपप्रधानमन्त्री बनेका यादवद्वारा राजीनामा

काठमाडौँ, जनता समाजबादी पार्टी (जसपा) विभाजन भएसँगै केन्द्रीय राजनीतिमा सत्ता फेरबदलको विषय उठ्न थालेको छ । जसपाका अर्का नेता अशोक राईको नेतृत्वमा उनि सहित केहि नेताहरुले पार्टी पुटाएर निर्वाचन आयोगमा दर्ता गरेपछि एक्लीएका अध्यक्ष उपेन्द्र यादवले आज सत्ता छोडेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएका हुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटि राजीनामा बुझाएका हुन ।

“आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने । आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा र्दिएका छन् । जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन ।