Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति


दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले मिलान गरेको हो । सोही अनुसार अदालतले म्याद थपेको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए । चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।