Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फर्निचरअन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण भृकुटीमण्डपमा


फर्निचरअन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण भृकुटीमण्डपमा

काठमाडौँ । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण भृकुटीमण्डपमा सुरुभएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्रान्डहरू प्रदर्शनीमा राखिएका छन् ।

विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेस्टुरेन्ट र महलका ढोका, झ्याल, भर्‍याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन् । प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिई आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा ‘एआई’का माध्यमबाट घरभित्रको साजसज्जा कसरी गर्ने तथा साँघुरो ठाउँमा आन्तरिक सजावट गर्न सकिने विभिन्न उपायबारे जानकारी प्राप्त हुने आयोजकले जनाएका छन् ।