इलेकट्रोनिक्स ब्राण्ड एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुसीको ४० वर्ष” नामक दसैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ।
दसैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो। नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशत सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।