Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : प्रधानमन्त्री


पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : प्रधानमन्त्री

एजेन्सी । आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर–उलहक काकरले बिहीबार बताएका छन् ।

अनुसार पाकिस्तान सरकारले आफ्नो डिजिटल नीति मार्फत आर्थिक समृद्धि र डिजिटल रूपान्तरणको माध्यमबाट नागरिक सशक्तिकरण ल्याउने परिकल्पना गरेको छ । काकरले देशमा विद्युतिय–रोजगार केन्द्रहरू खोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनका अनुसार हाल पाकिस्तानले एक सय ९० भन्दा बढी देशहरूमा सूचना प्रविधि तथा सूचना प्रविधिसँग सम्बन्धित सेवाहरू निर्यात गरिरहेको छ । करिव ९० प्रतिशतभन्दा बढी टेलीसघनताको साथ, पाकिस्तान पछिल्लो समय सूचना प्रविधि तथा सूचना प्रविधि सेवाहरूको वाह्य जनशक्ति उपलब्ध गर्नका लागि विश्वको दोस्रो आर्थिक रूपमा आकर्षक गन्तव्यको रूपमा स्थापति भएको प्रधानमन्त्रीले बताए ।

पाकिस्तान सफ्टवेयर निर्यात बोर्डले पाकिस्तानमा सफ्टवेयर प्रविधि पार्क (एसटीपी) को सङ्ख्या आठबाट ३० मा बढाएको उनले भने । पाकिस्तानका साना सहरहरूमा थप ४० वटा सफ्टवेयर प्रविधि पार्क स्थापना गर्ने प्रक्रियामा रहेको बताउदै कक्करले, सरकारले बहु–क्षेत्रीय डिजिटल रूपान्तरण पहलमार्फत् डिजिटल पाकिस्तानको दृष्टिकोणमा काम गरिरहेको बताए ।