Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इंग्लिस प्रिमियर लिग फुटबलः नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हरायो


इंग्लिस प्रिमियर लिग फुटबलः नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हराएको छ । गएराति भएको खेलमा फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो ।

अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र वेस्टह्यामले बराबरी खेलेका छन् ।

सिटी र ब्राइटनले समान दुई तथा एभर्टन र वेस्टह्यामले एक-एक गोलको बराबरी खेलेका हुन् । जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ ।

२८ खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।