काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ । सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले रविसँग बयान लिएर सुनुवाइ सकेपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । आइतबार लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने