Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नक्कली डक्टर बनी लुटपाट गर्ने एक जना पक्राउ


नक्कली डक्टर बनी लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं । नक्कली डक्टर बनी लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका—२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका—४ आरुखर्कबाट पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको उनीमाथि आरोप छ। कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेका थिए।