Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ब्रिक्स देशहरूले अमेरिकी डलरको विकल्प खोज्न लागेको भन्दै कडा चेतावनी दिएका छन्। ट्रम्पले ब्रिक्स देशहरूका डलरको विकल्प खोजे ती देशका उत्पादनहरूमा १०० प्रतिशत आयात कर लगाउने धम्की दिएका हुन्।

भारत र चीन ब्रिक्समा सहभागी प्रमुख उदीयमान अर्थतन्त्रहरू हुन् । ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकी बजारमा चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म भारी कर लगाउने वाचा गरेका थिए। यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने सम्भावना बढाएको छ।

ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रिक्स देशहरूले डलरको विकल्प खोज्नुपर्ने प्रयासलाई हामी मूकदर्शक भएर हेर्न सक्दैनौं । यस्तो गरेमा तिनले शतप्रतिशत कर (ट्यारिफ)को सामना गर्नुपर्नेछ।’

ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे अमेरिकी बजारमा ती देशहरूको सामान बेच्ने अवसरमा बन्देज लगाउनुपर्ने तर्क गरेका छन् । ‘ब्रिक्स देशहरूको मुद्राले अन्तर्राष्ट्रिय व्यापारमा डलरको स्थान लिन सम्भव छैन, यदि कोही देश यस्तो प्रयास गर्छ भने, उसले अमेरिका छोड्न तयार हुनुपर्छ,’ ट्रम्पले चेतावनीपूर्वक भनेका छन् ।

केही समय यतादेखि ब्रिक्स सदस्य राष्ट्रहरूबीच आफ्नै साझा मुद्रा निर्माणको सम्भावनाबारे छलफल भएको थियो। यद्यपि हालसम्म यसबारे कुनै ठोस निर्णय भएको छैन ।

 

ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।