Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न साधारण सभामा बोलायो


नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न साधारण सभामा बोलायो

काठमाडौं ।  आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका नागरिक लगानी कोषले गत  वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभामा बोलाएको छ। कम्पनीले असार ३१ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा अपरान्ह ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका   शेयर धनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।