Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

टौदह सहकारीमा ऋण नतिर्नेको सूची बढ्दै, एकै वर्षमा १५ जनाको नाम प्रकाशित, पटक पटक सार्वजनिक सूचना जारी


टौदह सहकारीमा ऋण नतिर्नेको सूची बढ्दै, एकै वर्षमा १५ जनाको नाम प्रकाशित, पटक पटक सार्वजनिक सूचना जारी

काठमाडौं । कीर्तिपुर नगरपालिका ६ स्थित टौदह बचत तथा ऋण सहकारी संस्थामा ऋण नतिर्नेको सूची बढ्न थालेको छ । संस्थाले पछिल्लो समय लगातार कर्जा चुक्ताको सूचना निकाल्ले गरेको हो । यहि वर्षमा सहकारीले विभिन्न १५ जना व्यक्तीको नाममा कर्जा चुक्ताकालागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । भने, अन्य समय विभिन्न संस्थागत सूचना जारी गरेको छ ।

देशभरका सहकारी संस्थामा देखिएको तरलताका बीच सो संस्थाले पनि बचत फिर्ताको दवाव भोगिरहेको बारम्बार प्रकाशित सार्वजनिक सूचनाबाट प्रष्ट हुन्छ । आर्थिक वर्षमा पटक—पटक कर्जा चुक्ताको सूचना सार्वजनिक र संस्थागतरुपमा निकाल्ने गरेको छ । सहकारीले यहि १६ गतेपनि तीन जना ऋणीको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको छ । खराब कर्जाका कारण ऋण असुलिमा समस्या भइरहेको जानकारहरुको भनाई छ ।

त्यस्तै, सहकारीले संस्थागत रुपमा विज्ञप्ती जारी गर्दै समाजिक सञ्चालमा गत बर्ष २०८०/०९/२० गते ऋणको किस्ता बुझाउन आउने बारेमा सूचना प्रकाशित गरेको थियो । संस्थाले यसरी संस्थागत र सार्वजनिकरुपमा ऋण चुक्ताको सूचना सार्वजनिक गरेको यहि वर्षमा दुई पटक भइसक्यो ।
यस पटक प्रकाशित सूचनामा ऋणको जमानिको नामनै उल्लेख छैन् ।

सूचना प्रकाशित गर्दा छुटेको हो वा छुटाइएको । यसले के पुष्टी हुन्छ भने विना कुनै ज्ञारेन्टी सहकारीले नियम विपरित ऋण लगानी गर्दा अहिले तरलताको समाना गरिरहेको छ । यहि १६ गते कीर्तिपुरबाट प्रकाशित हुने किर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा प्रकाशित तीन जना ऋणी मध्ये दुई जना ऋणीको जमानिको नाम छैन ।

ऋणी नितु महर्जनको जमानि छैन भने अर्का ऋणी सुरेन्द्र केसीको पनि जमानिमा नाम छैन । त्यस्तै, अघिल्लो सूचना २०८१/०३/०९ गते प्रकाशित १२ जना ऋणीको नाम मध्ये तीन जनाको जमानिनै छैन । ऋणी राजिव महर्जन, लक्ष्मी गुरुङ, पुर्णप्रसाद खतिवडाको जमानिको नामनै उल्लेख छैन । यसरी प्रक्रियानै अधुरो बनाई ऋण लगानी गर्दा असुलीमा समस्या देखिएको यसअघि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले जारी गरेको प्रतिवेदनमा पनि उल्लेख छ ।