कैलाली। नेपाल सरकारका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गरेकी छन् । कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार उनले केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताइन । मन्त्री डा.राणाले सुदूरपश्चिमकै प्रवेशद्वारमा ठुलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखिन ।
उनले यति ठुलो लगानीमा केबुलकार बन्ने अवस्था सिर्जना हुनुले हामी सबै सुदूपश्चिमबासी बधाईको पात्र भएको बताइन । मन्त्री डा. राणाले केबुलकारका लागि लगानी आयो अब लगानीकर्ताले अन्य क्षेत्रमा पनि लगानी ल्याउने विश्वास पनि व्यक्त गरिन । फरक प्रसङ्गमा उनले चिसापानी गड्डाचौकीसम्म ६ लेनको सडक बन्ने विश्वास पनि दिलाइन ।