काठमाडौँ । वर्णबास म्यूजियम होटलले प्रथम वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको छ । होटलले आईपीओ वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाली लगानीकर्ताहरू जलविद्युत र हरित परियोजनाहरू जस्तै भौतिक सम्पत्तिमा लगानी गर्न इच्छुक रहेकाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिएको होटलले जनाएको छ ।
वर्णबास म्युजियम होटल म्युजियम होटल, सांस्कृतिक सम्पदा र लक्जरीको अद्वितीय संयोजन रहेको जनाइएको छ । वर्णबास म्युजियम होटलले नेपाली लगानीकर्ताहरूका लागि सांस्कृतिक रूपमा प्रतीकात्मक र आर्थिक रूपमा सुरक्षित सम्पत्तिमा लगानी गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।