Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ


विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ

विराटनगर । स्ववियु निर्वाचनको विषयलाई लिएर विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चार जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार पनि छन् ।

प्रहरीले मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पुजा विश्वासलाई पक्राउ गरेको हो ।

योगराज दाहाल महेन्द्र मोरङ स्ववियु सभापतिमा डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार हुन् । स्ववियु निर्वाचन कार्यालयमा बुधबार दिउँसो असन्तुष्ट समूहले तोडफोड गर्दै आगजनी गरेको थियो । आगजनीपछि निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।