काठमाडौं । अर्बपति एलन मस्कले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् ।
विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च घटाउने अवसरको लागि धन्यवाद दिन चाहन्छु,ु उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् । उनले समयसँगै डज नामको सरकारी निकाय अझ बलियो हुँदै जाने र खर्च कटौती सरकारको जीवनशैली बन्ने विश्वास व्यक्त पनि गरेका छन् ।
मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो ।
‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिइएको थियो । ट्रम्पले राष्ट्रपति पद सम्हालेको जनवरी २० को सुरुदेखि गन्दा उनले मेको अन्त्यतिर त्यो सीमा पूरा गर्नेछन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट विदा हँदै अर्बपति एलन मस्क