Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अध्यादेशमार्फत बजेट ल्याउदैँ कोशी प्रदेश


अध्यादेशमार्फत बजेट ल्याउदैँ कोशी प्रदेश

काठमाडौं, ३२ जेठ । कोशी प्रदेश सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ बिहीबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०र०८१ को बजेट ल्याउन लागेको हो । सिँचाइ, उर्जा तथा खानेपानीमन्त्री तीलकुमार मेन्याङ्बोले आज साँझ सम्ममा आउँदो वर्षको बजेट मन्त्रिपरिषद्‌बाट पारित गरेर ल्याउने सम्भावना रहेको बताए । आज बस्ने मन्त्रिपरिष द्‌को बैठकले बजेट पारितसँगै बजेटको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने सम्भावना रहेको उनले सुनाए ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । प्रदेशसभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर करिब ३५ अर्बको अनुमानित बजेट प्रदेश सरकारले ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले असार १ गतेसम्ममा प्रदेशको बजेट ल्याउने कानुनी व्यवस्था रहेको र बजेट तयार भइसकेकाले अन्तिम दिन किन पर्खने भनेर आजै बजेट ल्याउने प्रदेश सरकारले तयारी गरेको बताए । तर प्रतिपक्षी दलले अल्पमतमा परेको प्रदेश सरकारले बजेट ल्याउन नमिल्ने भन्दै अदालतमा रिट दिएपछि बजेट अल्पत्रमा पर्ने डरले आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले आजै बजेट ल्याउन लागेको एमालेका एक सांसदले बताए ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरि ४६ र प्रतिपक्षमा कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ४७ प्रदेश सदस्य छन् ।