Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेबोन अध्यक्षको आवेदन खुल्यो, योग्यता कति ?


सेबोन अध्यक्षको आवेदन खुल्यो, योग्यता कति ?

काठमाडौँ — नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि आवेदन खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिस समितिले बुधबार आवेदन खुला गरेको   हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले मंगलबार अध्यक्ष छनौटको कार्यविधि सार्वजनिक गरेको थियो । सोही कार्यविधिका आधारमा बुधबार आवेदन खुला गरेको हो ।

अध्यक्ष पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ३० सम्म आवेदन दिन सक्नेछन् । सेबोनको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्ने छ ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा ९५० मा रहेको व्यवस्थाबमोजिम कार्यविधि निर्धारण गरेको हो । छनोट समितिले अध्यक्ष छनौटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ ।

जसअनुसार व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक छुट्टयाइएको छ । गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् ।