Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनका याककालागि नेपालबाट पहिलो पटक घाँस निर्यात, कृषियोग्य १० लाख हेक्टर बाँझो जमिनमा खेती गर्न सकिनेःमन्त्री भुषाल


चीनका याककालागि नेपालबाट पहिलो पटक घाँस निर्यात,  कृषियोग्य १० लाख हेक्टर बाँझो जमिनमा खेती गर्न सकिनेःमन्त्री भुषाल


काठमाडौं,३१ असार । पछिल्लो समय नेपाल घाँस उत्पादनको प्रचुर संभावना छ । यस्तो अबस्थामा चितवनको भरतपुरबाट १० ट्रक घाँस चीन निर्यात गरिएको छ । आठ टनका चीनको सिगात्से पठाइएको छ । यो राम्रो सुरुवात रहेको उद्योगीहरुको भनाई छ ।

हेलेज हरियो घाँस सुकाएर बनाएको पशु आहारा हो । मकैको हरियो बोटलाई सुकाएर तयार पारेको यो हेलेज पहिलो पटक नेपालबाट चीन पठाइएको हो । घाँस निर्यातको पहिलो सुरुवातले नेपालका घाँस उत्पादन गर्ने व्यवसायीहरु हर्सित भएका छन् । चीन निर्यात गरिएको मकैका हरिया बोट वा अन्य पोसिलो घाँसलाई मेसिनले मसिनो गरी काटेर प्लास्टिकले हावा छिर्न नपाउने गरेर बेरेपछि कम्तीमा १३० दिनसम्म राखेर बनाइने पशु खान्कीलाई हेलेज भनिन्छ ।

चिनियाँ लगानीको कम्पनी नेपाल होराइजन इन्टरनेसनले भरतपुर महानगरपालिका–५ प्रेमबस्तीमा खोलेको कारखानामा चीन निर्यात हुने हेलेज उत्पादन हुने गरेको छ । तीन वर्षअघि कारखाना स्थापनाको काम सुरु भएको कम्पनीका प्रमुख कार्यकारी (सीईओ) छाङले जनाए । कारखानाले वार्षिक ६० हजार टन हेलेज उत्पादन गर्न सक्छ । त्यहाँ याकलाई खुवाउन हेलेज उपयोग गर्ने छाङले बताए । सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको उनको भनाइ छ ।

चीनमा एक टन हेलेजको २४ हजार नेपाली रुपैयाँसम्म पर्ने भएकाले यहाँ उत्पादन हुने हेलेज सहजै खपत हुने उनले जनाए । भरतपुर र रत्ननगरमा किसानले उत्पादन गरेका मकैका हरिया बोट कम्पनीले किनेर हेलेज बनाउने गरेको छ । मकैका बोटको अवस्था र गुणस्तर हेरेर प्रतिकट्ठा खेतको ६ हजार रुपैयाँसम्ममा किन्ने गरेको छाङले बताए । ‘अब जग्गा भाडामा लिएर वा किसानलाई मकै खेती गर्न लगाएर हेलेजको स्रोत जुटाउने योजनामा छौं ।

कृषी मन्त्री बेदुराम भूषालले नेपालमा कृषियोग्य १० लाख हेक्टर बाँझो जमिनमा खेती गर्न सकिने बताए । उनले विश्वलाई आवश्यक घाँस नेपालबाट निर्यात गर्ने सम्भावना राम्रो रहेको भन्दै त्यसलाई सरकारले विशेष महत्वकासाथ हेर्ने उनको भनाई छ ।