Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ महानगरपालिकाद्धारा जारको खानेपानीमा निगरानी


काठमाडौँ महानगरपालिकाद्धारा जारको खानेपानीमा निगरानी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो ।

शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ । काठमाडौँ महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जनाएको छ ।

‘हामीले महानगरभित्र छिर्ने मुख्य नाकाहरूमा जारको पानी बोक्ने गाडीहरूमा निगरानी बढाएका छौँ । कुच्चिएको, अपारदर्शी, टुटफुट भएको र लेबल प्रस्ट नभएको पानीको जार तत्काल जफत गरेर नष्ट गरिरहेका छौँ,’ महानगर प्रहरीले भनेको छ ।