Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छः अर्थमन्त्री


नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छः अर्थमन्त्री

काठमाडौं, भदौ १५ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताका छन्। इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) मार्फत आज काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री डा महतले ५० देखि शतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री डा महतले पछिल्लो समय ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए ।

उनले नेपालबाट बेलायतमा सय मिलियन पाउन्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबी समेत गरे । उनले मुलुकको हालको अर्थतन्त्रको अवस्थालाई बदल्न अमेरिका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । पूर्व अर्थ मन्त्री जनार्दन शर्माले नेपालका दुई छिमेकी भारत र चीनमा आर्थिक विकास द्रुत गतिमा भइरहेकाले त्यसबाट हामीले पनि सिक्नुपर्ने बताए ।