Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलविद्युत्‌मा भारतीय बजार सुनिश्चित भएको छ,लगानी सम्मेलन गरिनेः अर्थमन्त्री महत


जलविद्युत्‌मा भारतीय बजार सुनिश्चित भएको छ,लगानी सम्मेलन गरिनेः अर्थमन्त्री महत

काठमाडौं, भदौ २२।अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युत्‌लाई भारतीय बजार सुनिश्चित भएको बताउँदै जलविद्युत्‌सहित सम्भावित क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिने बताएका छन् । लगानी बोर्डको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भने भारतले १० हजार मेगावाट विद्युत् लैजान स्वीकृत गरेकाले बजार सुनिश्चित भएको छ, चीनसँग पनि बजार सुनिश्चित हुन्छ।

जलविद्युत्‌का अलवा पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उनले बताए । मुलुकको अर्थतन्त्रमा आन्तरिक केही समस्या रहेको स्वीकार गर्दै उनले यो समस्या नै आर्थिक वृद्धि बढाउने अवसर सुरु हुने दाबी गरेका छन् । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, पर्यटक आगमन बढेको, जलविद्युत् क्षेत्रले लय समाएको, युवाहरुले आइटी क्षेत्रमा राम्रो प्रगति गरिरहेका जस्ता सबल पक्षले गर्दा अर्थतन्त्रले आगामी दिनमा राम्रो लय समात्ने महतले बताए ।

सरकारले छिट्टै अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको उनले बताए । नेपालमा सञ्चालित डाबर, सूर्य, कोकाकोलाजस्ता बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा लिइरहेको उदाहरण दिँदै महतले लगानीका लागि उपयुक्त मुलुक रहेको त्यसले प्रष्ट पार्ने बताए । निजी क्षेत्रले नाफा नदेखेसम्म लगानी आउँदैन भन्नेमा सरकारको स्पष्ट धारणा रहेकाले नाफा सुनश्चितताका लागि वातावरण बनाउने बताएका छन्।