Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दोहोरो सदस्यता नलिन सदस्यहरुलाई सहकारी विभागको निर्देशन, अन्यथा कारवाही हुने


दोहोरो सदस्यता नलिन सदस्यहरुलाई सहकारी विभागको निर्देशन, अन्यथा कारवाही हुने

२६ असार, काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका सदस्यहरुलाई दोहोरो सदस्यता नलिन निर्देशन दिएको छ ।

सरकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने भन्दै सूचना जारी गरेको छ ।

सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागले २०७४ कात्तिक १ गतेदेखि जारी भएको सरकारी ऐनअनुसार कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्न्दा बढी सरकारी संस्थाहरुको सदस्यता लिएको भए २०७७ असोज मसान्तभित्र सदस्यले छनौट गरिएको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सरकारी संस्थाको सदस्यता खारेज गर्न आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम कारवाही हुने विभागले जनाएको छ ।