Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बुढानिलकण्ठ हेरिटेज र पुवा खोला वान हाइड्रोपावरले आइपीओ जारी गर्ने


बुढानिलकण्ठ हेरिटेज र पुवा खोला वान हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज र पुवा खोला वान हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएका छन्। दुबै कम्पनीले साधारणसभामा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेका छन्। बुढानिलकण्ठ हेरिटेजले पुस २७ गते कम्पनीको रजिस्ट्रार कार्यालयमा साधारणसभा बोलाएको छ।

सभामा कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो। यस्तै पुवा खोला वान हाइड्रोपावरले पुस २६ गते बोलाएको छैठौ वार्षिक साधारणसभामा प्रारम्भिक शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। साधारणसभाले पारित गरेपछि दुबै कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बढाउने छन्।