Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेल प्रकरणमा अर्बौं घोटाला भएको छः महामन्त्री गगन थापा


एनसेल प्रकरणमा अर्बौं घोटाला भएको छः महामन्त्री गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एनसेलको बिक्री प्रकरणमा प्रथम दृष्टिमै अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन् । उनले सो प्रकरणमा कानुनको उल्लंघन भएको वा नभएकोबारे सरकारले गहिरो छानबिन गर्नुपर्ने बताए । ओखलढुंगामा मंगलबार कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा महामन्त्री थापाले सो प्रकरणमा जतिसुकै प्रभावशाली व्यक्ति जोडिएको भए पनि त्यसबारे छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ । केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले अघि भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ । अहिले कांग्रेससहितको सरकार छ, यो प्रकरणमा जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

महामन्त्री थापाले एनसेल प्रकरणमा यदि नेपालकै कोही ठूलो नेताले चोर बाटोबाट कमाएको कालो धन घुमाएर फेरि नेपालमा लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि त्यसबारे छानबिन गरेर दण्ड सजाय हुनुपर्ने बताए । उनले अहिले हरेक नागरिकले सरकार भएको अनुभूति गर्न चाहेको र सरकार खोजिरहेको बताए ।

‘मैले पूर्वदेखि पश्चिमसम्म घुमेर धेरै मानिसहरूसँग कुरा गरिरहेको छु । सबैले राज्यको साथ खोजिरहेको पाउँछु । तर राज्य खोजिरहेको नागरिकलाई सहयोग गर्न सरकार पुगिरहेको छैन,’ उनले भने, ‘नागरिकको आक्रोश अहिले जुन आउने गरेको छ, त्यसको पछि कुनै ठूलो कारण छैन, कुनै ठूलो माग पनि छैन ।’