Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ स्थिर हुँदा, चाँदी कतिमा हुँदैछ खरिद–बिक्री


सुनको भाउ स्थिर हुँदा, चाँदी कतिमा हुँदैछ खरिद–बिक्री

काठमाडौं, भदौ ११ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुन आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। सुनको भाउले यस दिन पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।