Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार महिनापछि हवाई सेवा पुनः शुरू


चार महिनापछि हवाई सेवा पुनः शुरू

ताप्लेजुङ ।  ताप्लेजुङको सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई सेवा पुनः शुरू भएको छ । सुकेटार विमानस्थलमा उडान गर्ने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम हप्तादेखि नियमित उडान बन्द भएको थियो । गएको शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाण्डौबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङबाट ६ जनालाई काठमाण्डौ फर्किएको सुकेटार विमानस्थलले जनाएको छ । सुकेटर विमानस्थलमा केही वर्षअघि सीता एअर र तारा एअरले पर्यटकीय याममा उडान गरेका थिए । अहिले उनीहरूले सेवा बन्द गरेका छन् ।