Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने : नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा


पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने : नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्ने बताए ।

कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउने बताएका हुन ।

प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्नो लागी केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको बताए । समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै थापाले सङ्गठनभित्रको कमजोरी लुकाएर सुधार नहुने बताएका छन् ।