Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको कति ?


वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको कति ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ । बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।


ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो ।