Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रु मुक्त


रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रु मुक्त

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रुलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोही मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ ।


पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरू हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो । तर पाकिस्ती सञ्चार माध्यहरूले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छन् ।


उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार ९ वटा डिब्बा रहेको रेलमा ४ सय ४० यात्रु थिए । पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ ।

विद्रोही समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर केयौं यात्रुलाई बन्धक बनाएका थिए ।

क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु रेलबाट ओर्लिएर नजिकै रहेको अर्को स्टेशन पुगेका थिए । उक्त समूहमा रहेका बलोचिस्तानका बासिन्दाहरू घर फर्किएका थिए ।