काठमाडौं । नेपाल टेलिकमकले सजिलो अफर ल्यायो अनलिमिटेड भ्वाइस प्याक एण्ड डेटा पोस्टपेड–६३६ प्याकलाई अझै सुविधायुक्त बनाइएको बताएको छ । टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।
यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने समेत छ । त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिनको लागि ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकसाथ ९ जिबी डेटा लिन मिल्ने ।पहिले सो ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबिपिएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा आएको छ ।
भएकोमा अब आवश्यकता बमोजिम ९ जिबी डेटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ ।यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । सजिलो अनलिमिटेड भ्वाइस एण्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५८२८२३ डायल गर्नुपर्ने कम्पनीले बताएको छ । साथै, कम्पनीको ’नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने ।