Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता


परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार अपराह्न वार्ता भएको हो। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा.राणा बिहीबार चीन पुगेकी हुन ।

परराष्ट्रमन्त्री डा. राणाको निजी सचिवालयका अनुसार उनिहरुबिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको हो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिए । वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरिन ।