Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ६.५ प्रतिशतमा पुँजी सापट पाउने


बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ६.५ प्रतिशतमा पुँजी सापट पाउने

काठमाडौं, श्रावण १२ । राष्ट्र बैंकबाट ६.५ प्रतिशतमा पूँजी सापट पाउने बैंक तथा वित्तीय संस्थाहरूले पाउने भएका छन्। नीतिगत दरको रुपमा बैंकहरूले ओभरनाइट तरलता सुविधा पाउने छन्। हाल यो ७.५ प्रतिशत छ। राष्ट्र बैंकले चालूआर्थिक वर्ष २०८०,८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्रमार्फत् गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो।

बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी स्थायी तरलता सुविधा भने बैंक दरमा नै पाउने छन्। यसलाई ७.५ प्रतिशत मै सीमित राखिएको छ। बैंकहरूले ओभरनाइट तरलता सुविधाभन्दा तुलनात्मक रुपमा लामो अवधिको लागि पाउने सापटीको (बैंकदर) दर घटाउनु पर्ने माग राख्दै आएका थिए। अब बैंकहरूले लगानी योग्य रकम धेरै भएर राष्ट्र बैंकमा राख्दा ४.५ प्रतिशत ब्याजदर पाउने भएका छन्।

हाल यसको दर ५.५ प्रतिशत छ। बैंकहरूले एक आपसमा अन्तर बैंक कारोबारको क्रममा लिने ब्याजदर ज्यादै न्यून पुग्ने गरेपछि निक्षेप संकलन दर ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको हो। राष्ट्र बैंकको नीतिले अब अन्तर बैंक ब्याजदर नीतिगत दर ६.५ प्रतिशत र निक्षेप संकलन दर ४.५ प्रतिशतको बीचमा रहनेछ। त्यस्तै, अब राष्ट्रिय स्तरका विकास बैंकले पनि अतिरिक्त पूँजी कोष राख्नु पर्ने भएको छ। वाणिज्य बैंकहरूले पनि चालू आर्थिक वर्षबाट यस्तो कोषमा रकम राख्ने व्यवस्था गरिएको छ।