Saturday, September 06, 2025

२०८२ भाद्र २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागढुंगा—मुग्लिन सडक खण्डको निरक्षण गर्दै मन्त्री दाहालले भनेः काम किन ढिला ?


नागढुंगा—मुग्लिन सडक खण्डको निरक्षण गर्दै मन्त्री दाहालले भनेः काम किन ढिला ?

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा—मुग्लिन सडक खण्डको निरक्षण गरेका छन् । उनले काम छिटो सक्न निर्देशन पनि दिएका छन् ।  बुधबार निर्माणाधिन सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले आयोजना प्रमुख र ठेक्का लिने निकायसामु निर्माणमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताए ।

नागढुंगा–नौविसे–मुग्लिन तीनवटै खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।

मन्त्रीसँगै निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।