Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीनकुने घटनाः तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन प्रहरीको आग्रह


तीनकुने घटनाः तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन प्रहरीको आग्रह

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो ।


प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यलय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना ९फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण० उपलब्ध गरी अनुसन्धान सहयो गरिदिनु हुन अनुरोध छ ।’