काठमाडौं । सरकारले जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेका ५ वटा अध्यादेश मध्ये एक रोकिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश मात्रै जारी भएका हुन । राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलार्य सैशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । तर भूमि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भने जारी भएन ।
भूमि सम्बन्धी अध्यादेश रोकियो, चार अध्यादेश राष्ट्रपतिद्धारा जारी