Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीति बाह्य क्षेत्र स्थायित्व र मूल्यवृद्धि नियन्त्रण गर्ने


मौद्रिक नीति बाह्य क्षेत्र स्थायित्व र मूल्यवृद्धि नियन्त्रण गर्ने

काठमाडौं, श्रावण १२ । चालु आर्थिक वर्ष २०८०,८१ को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति बाह्य क्षेत्र स्थायित्व र मूल्यवृद्धि नियन्त्रण गर्ने गरी लक्षित भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले उल्लेख गरेको छ। हालै नेपाल भ्रमणमा आएको आइएमएफको टोलीले फर्कनुअघि जारी गरेको भेटघाटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो।

शनिबार देखि बुधबारसम्म टिडियन किन्डाको नेतृत्वमा आइएमएफको कर्मचारी दल नेपाल भ्रमणमा आएको थियो।बैंकको सम्पत्ति गुणस्तरमा निरन्तर निगरानी भइरहेमा र सुपरिवेक्षकीय क्षमता वृद्धि गरिएमा यस्तो स्थायित्व कायम रहने आइएमएफले उल्लेख गरेको छ।आइएमएफले आगामी वर्ष मौद्रिक नीतिले लिएको लक्ष्यअनुसार ११.५ प्रतिशतको कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र समेत चलायमान हुने विश्वास गरेको छ।

यद्यपी, गत आर्थिक वर्षमा भएको कर्जा विस्तार साह्रै न्यून भएको बुझाइ आइएमएफको छ। गत जेठसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ ३.६ प्रतिशत कर्जा गएको छ।आइएमएफले बजेटको प्रभावकारी कार्यान्वयनबाट वित्तीय स्थायित्व सुरक्षित हुने र हाल कार्यान्वयनमा लगिएको मापदण्डले पुँजीगत खर्चमा समेत सुधार हुने बताए ।

आइएमएफले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी) अन्तर्गत नेपाल सरकारलाई बिना ब्याजको ३७ करोड डलरको ऋण सुविधा प्रदान गरेको छ। यसमध्ये हालसम्म नेपालले दुई किस्तामा १५ करोड ७४ लाख डलर सुविधा पाइसकेको छ।आइएमएफको आगामी सेप्टेम्बरमा हुने भ्रमणले यस्तो कर्जा सुविधा अन्तर्गत कार्यान्वयन गरिने विषयवस्तुको अवलोकन गर्ने कार्यतालिका छ।

यो कर्जा सुविधा अन्तर्गत नेपालका १० ठूला बैंकको सम्पत्तिको गुणस्तरको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट परीक्षण गराउने शर्त समेत रहेको छ। राष्ट्र बैंकले चालु आर्थिक २०८०,८१ मौद्रिक नीतिमा समेत बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गराउने उल्लेख गरेको छ। किन्डाको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री, गभर्नरलगायतका सरकारी अधिकारीहरू र निजी क्षेत्रसँग भेट गरेको थियो।