Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

दर्शन साकोस् आज बिहीबारबाट नियमित सञ्चालनमा, सहकार्यबाट मात्रै समस्या समाधान हुने अध्यक्ष दर्शनधारीको भनाई


दर्शन साकोस् आज बिहीबारबाट नियमित सञ्चालनमा, सहकार्यबाट मात्रै समस्या समाधान हुने अध्यक्ष दर्शनधारीको भनाई

काठमाडौँ।कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाले बिहीबारबाट सबै सेवा सञ्चालन गर्ने भएको छ । सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले आज एक विज्ञप्ति जारी गर्दै बिहिबारबाट सबै सेवा केन्द्रहरुसुरु गर्ने बताए । शेयर सदस्यहरुको लगातारको आन्दोलनका कारण दर्शन साकोसको नियमित काम केहि सातदेखि ठप्प थियो । त्यसमा गत २१ गतेबाट संस्थाले आफ्नो सम्पुर्ण सेवा अनिश्चितकॉल बन्द गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, कीर्तिपुर नगरपालिका नगाउँ स्थीत कार्यालय तथा सबै सेवा केन्द्रबाट केहीदिन देखि सेवा बन्द गरेको सबैमा जानकारी नै छ । यसबाट शेयर सदस्य, शुभेच्छुकमा पर्न गएको असुबिधाप्रति सञ्चालक समिति माफि चाहन्छौ। निरन्तर देशमा बढ्दो आर्थिक संकटका बीचमा पनि सेवा नियमित सञ्चालन नै गरेको थियौं। 

अहिले कार्यालय र सेवा केन्द्रबाट कामकाज बन्द गरिएपनि हामी आन्तरिक छलफल तथा निरन्तर बचत फिर्ताको लागि आन्तरिक तयारी गरिरहेको छौ । 

पछिल्लो समय दर्शन साकोसका विरुद्धमा बचत कर्ताको आन्दोलनले नियमित कार्यालय सञ्चालन गर्न कठिन भएपछि केही समयका लागि सेवा बन्द गरेको मात्रै हौं। 

तर,यो बीचमा संस्थामाथि प्रश्न उठ्ने गरि केही बचतकर्ताको समूहले कार्यालय परिसरमा भ्रमपूर्ण विज्ञप्ति प्रकाशन गर्ने, बचतकर्तामा भ्रम सृजना गर्ने जस्ता कार्य अहिले पनि निरन्तर भैरहेको छन् जुन निकै दुःखत बिषय हो ।

देशमा आर्थिक तरलता बढ्दा देशै भरका सहकारी संस्था, वित्तीय संस्थाले ठूलो नोक्सानी बेहोर्नु परेको जग जाहेर नै छ । हामी निरन्तर बचतकर्ताको बचत रकमलाई सुरक्षित गर्न गम्भीर छौ । बचत कर्ताको मागका बिषयमा पनि गम्भीर छौ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सबै शेयर सदस्य, निक्षपकर्ता, शुभेच्छुकमा धर्य गर्न आग्रह गर्दछु। 

सहकारी संस्था माथि सबै तिरबाट आक्रमण, बार्गेनिङ गर्ने जस्ता कार्यहरू बढ्दो छ। हामी निश्चिन्त छौ, बचतकर्ताको रकममाथि कुनै खेलवाड गर्न सक्दैनौं । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र, सहकारी सस्थाहरुको अवस्थालाई केही व्यक्तिबाट कमाउने धन्धाको रूपमा लिएको हुँदा हामी कुनै सम्झौता गर्न सक्दैनौं ।

आन्दोलनको कारण संस्थाका कर्मचारीमाथी भएको धरपकड, गाली बेइजतीले केही जिम्मेवार कर्मचारीले राजीनामा दिएका सञ्चालक समितिको बैठकले यसविषयमा निर्णय गर्ने र त्यही सूचनालाई आधार बनाई सबै कर्मचारी नियमित कार्यालयमा उपस्थित हुने अनुरोध छ विज्ञप्तिमा भनिएको छ । 

सहकारी संस्था सधैंको लागि बन्द हुने, सहकारी संस्था सञ्चालक फरार हुने भन्ने जस्ता हल्ला चलाएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ । 

पछिल्लो समय विभिन्न मिडियाले हाम्रोबारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने, अन्तरवार्ताको लागि ताकेता गर्ने,फोन नउठाउँदा फरार भनेर समाचार प्रकाशन गर्ने जस्ता कार्यहरू भएको छन् , यस् विषयमा हाम्रो ध्यानकर्षण भएको छ ।