Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढ्यो


सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढ्यो

काठमाडौं, श्रावण ३० नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।