Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा ५.९५ गुणा आवेदन


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा ५.९५ गुणा आवेदन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो ऋणपत्र ’८ प्रतिशत शाइन रेसुङ्गा विकास बैंक ऋणपत्र २०८२’ को सफल बाँडफाँट गरेको छ । बिहीबार निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा उक्त बाँडफाँट सम्पन्न भएको हो ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अङ्कित मूल्यका १ अर्ब बराबर कुल दश लाख कित्ता ऋणपत्र कुल रकम जारी गरेको थियो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी ६० अर्थात् छ लाख कित्ता प्राइभेट प्लेसमेन्टबापत छुट्याइएको थियो ।

यसमध्ये सर्वसाधारणका लागि मिति असार ३२ देखि साउन ४ गतेसम्म खुला गरिएको यस ऋणपत्रमा लगानीकर्ताहरूबाट उत्साहजनक सहभागिता प्राप्त भई ५।९५ गुणा बढी आवेदन परेको बताइएको छ । पछिल्लो समय ऋणपत्र निष्कासनमा सर्वसाधारणको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिएको छ ।

यसले पुँजी बजारप्रति लगानीकर्ताको सचेतना र विश्वासमा सकारात्मक परिवर्तनको संकेत गरेको बैंकको दाबी छ । उक्त डिवेञ्चर आवेदकहरूको डिम्याट खातामा सम्बन्धित ऋणपत्रका कित्ताहरू चाँडै नै जम्मा हुने समेत बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको प्रतिबद्धता छ ।