Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं–लुक्ला हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान


काठमाडौं–लुक्ला हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा काठमाडौं–लुक्ला हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरेको छ।

प्राधिकरणले यसअघि पोखरा–जोमसोम रूटमा यी क्यामेरा पाइलट प्रजेक्टका रूपमा जडान गरेको थियो। उक्त क्यामेरा उपयोगी भएकाले अन्य रूटमा पनि विस्तार गरेको हो।

हवाइ उडान क्षेत्रलाई थप सुरक्षित र भरपर्दो बनाउन प्राधिकरणले आविष्कार केन्द्रसँग यसअघि नै सम्झौता गरको थियो। पहिलो चरणमा पोखरा जोमसोम रूटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिसकेको छ।

सो क्यामेराले इनरूट मौसमको जानकारीमा प्रभावकारी बनेकाले अब काठमाडौं–लुक्ला रूटमा पनि राख्न लागिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। ‘यसअघि पोखरा जोमसोम रूटमा राखिएको मौसमी क्यामेराले उपलब्ध गराउने मौसमी विवरण सुरक्षित उडानको लागि उपयोगी अन्यव्यस्त र भौगोलिक जटिलता भएका स्टोल एयरफिल्डहरूमा थप सुविधा विस्तार गर्नु परेमा दुवै पक्षले आपसी समझदारीमा कार्यक्षेत्र विस्तार गर्न सकिने सम्झौता भएको बताउँदै त्यही सम्झौताअनुसार थप गन्तव्यमा पनि क्यामेरा जडान गर्न लागिएको उनले बताए।

आगामी दिनमा सिमीकोट, डोल्पा लगायतका अन्य रूटमा पनि क्यामेरा राखेर हवाइ उडानलाई थप सुरक्षित बनाइने उनले जानकारी दिए ।