Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने गाभिने सनराइज बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न


सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने गाभिने  सनराइज बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने गाभिने  सनराइज बैंकको १५औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ। सो सभाले सनराइज मर्जरसम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ। यी दुई बैंक बराबरी हैसियत अर्थात् १ः१ को सेयर अनुपातमा मर्जरमा जान लागेका हुन्।

यस्तै, उक्त सभाले आर्थिक वर्ष २०७८,७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात  तथा आर्थिक वर्ष २०७८,७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले बताएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो।