Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सबैभन्दा बढी कर तिर्ने बैंक ग्लोबल आइएमई बन्यो


सबैभन्दा बढी कर तिर्ने बैंक ग्लोबल आइएमई बन्यो

काठमाडौं, श्रावण २९ । ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष ०७९,८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो । हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकका रूपमा स्थापित गरिसकेको दाबी गरेको छ । कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक रहेको उल्लेख छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा तीन सय ५९ शाखा, तीन सय ६२ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयद्वारा सेवा दिइरहेको बताएको छ ।