Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा दुई भारतीय नागरिक पक्राउ


एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन रहेका छन् ।

उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एनसेलको सिम ८ थान, मोबाइल ५ थान र ल्यापटप बरामद गरेको छ । उनीहरूले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेलमा सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।