Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकार बजेटदेखि सबै कुरामा एकलौटी जान सक्दैनः गिरी [भिडिओ सहित]


सरकार बजेटदेखि सबै कुरामा एकलौटी जान सक्दैनः गिरी [भिडिओ सहित]

काठमाडौं, १२ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएको भन्दै सदन चल्न नदिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने र सिडिओ कार्यालयमा गाभ्न लागिएको भन्दै नियोजित बजेटमा समावेश गरेको भन्दै सरकार नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाए । सरकारले नजानी नबुझिकन यो ल्याएको छैन। सरकार यो मुलुकमा निष्पक्ष निर्वाचनको विपक्षमा छ। नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहित छ। उनले २०५४ सालभन्दा अगाडि पनि यो व्यवस्था भएको र सफल हुन नसकेको बताए। उनले बजेटमा भएको सो व्यवस्था तत्काल नसच्याए सदन चल्लन नदिने बताए ।